एक सय ५१ कम्पनीलाई कर बक्यौता दाखिला गर्न १५ दिने अल्टिमेटम

Archana Neupane
0
Shares

आन्तरिक राजस्व विभाग, कोटेश्वरले १५१ कम्पनीलाई कर दाखिला गर्न निर्देशन दिएको छ । बक्यौता रकम भुक्तानी गर्न फोन सम्पर्क, ग्रुप मेसेज पत्राचार (रजिष्ट्रि) मार्फत जानकारी गराईएको सो मध्ये केहि करदाताहरुसँग सम्पर्क हुन नसकेको र केहि पत्रहरु निजहरुको सम्पर्क ठेगाना फेला नपरी कार्यालयमा नै फिर्ता आएका कारण विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिने अल्मिेटम दिएको हो ।

विभागले यसै सूचनालाई आधार मानी आफुले तिर्न बुझाउन बाँकी रहेको कर दाखिला गरेको भए सोको प्रमाण पेश गर्न वा दाखिला नगरेको भए यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्र कर बक्यौता दाखिला गर्न निर्देशन दिएको हो ।

एक सय ५१ कम्पनीमध्ये ४८ कम्पनीले मूल्यअभिवृद्धि कर र आयकर दुवै बुझाउन बाँकी छ भने १७ कम्पनीले आयकर बुझाउन बाँकी छ ।  यस्तै एक कम्पनीले अन्त शुल्क बुझाउन बाँकी छ भने अन्य कम्पनीले मूल्य अभिवृद्धि कर बुझाउन बाकी रहेको छ ।

तोकिएको अवधि भित्र कर बक्यौता दाखिला नगरेमा कानून बमोजिम कर बक्यौता असुल उपर गरिने कार्यालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।