कर्पोरेट डेभलपमेन्ट बैंकले तोक्यो साधारण सभा र बुक क्लोज मिति

Archana Neupane
0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले सोह्रौँ वार्षिक साधारण सभा असार १९ गते, बुधबार, आफ्नो प्रधान कार्यालय, गीतामन्दिर रोड, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे सभा बोलाएको हो ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासंग मर्जर तथा एक्विजिशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले असार १ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरु मात्र बैंकको साधारण सभामा भाग लिन सक्नेछन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।