नेपालमा बनेका हुण्डाई भेन्यु बजारमा, कति पर्छ मूल्य ?

Parmeshwor Adhikari
0
Shares

नेपालमा एसेम्ब्लिङ प्लान्ट स्थापना गरी तयार गरिएका भेन्यु मोडलका कारहरु हुण्डाईले बजारमा ल्याएको छ ।

नेपालका लागि हुण्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमा हुण्डाई भेन्युको व्यवसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुण्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुण्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुण्डाई मोटर कम्पनी कोरिया वा भारत मा उत्पादन हुने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा हुण्डाई भेन्युका दुई भेरियन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप भेरिएन्टहरुको उत्पादन बढाउँदै जाने कम्पनीको योजना रहेको विज्ञप्तिमा उल्लेख छ । जसमा हुण्डाई ग्राण्ड आई १० निओस र क्रेटा रहने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा बिक्री सुरु भएको हुण्डाई भेन्यु एसको बजार मुल्य ४४ लाख ९६ हजार रुपैयाँ र एसएक्स मोडलको ५३ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।