सशस्त्र प्रहरी बलले माग्यो कर्मचारी, साउन २७ गतेसम्म आवेदन दिन सकिने

Archana Neupane
0
Shares

सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त आह्वान गरेका छ । शुक्रबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो ।

शसस्त्र प्रहरी बलले शसस्त्र प्रहरी निरिक्षकदेखि प्राविधिक शसस्त्र प्रहरी निरीक्षकसम्मको पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नागरिकले साउन २७ गतेसम्म आवेदन दिन सकिने छ । अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ ।

आवेदक पुरुषको हकमा उचाई कम्तीमा पाँच फिट दुई इन्च र तौल कम्तिमा ५० केजी तथा महिलाको हकमा उचाई कम्तीमा पाँच फिट र तौल कम्तिमा ४२ केजी भएको हुनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।