मैलुङ खोला जलविद्युतको साढे २९ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुँदै

0
Shares

मैलुङ खोला जलविद्युत कम्पनीको २९ लाख ५९ हजार ८७० कित्ता संस्थापक सेयरको लकइन अवधि छिट्टै सकिने भएको छ । कम्पनीका अनुसार कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लकइन अवधि आगामी साउन २६ गते सकिने सूचना कम्पनीले प्रकाशित गरेको छ ।

लकइन सकिन लागेको सेयरमा २५ लाख ७७ हजार कित्ता संस्थापक सेयर, स्थानीय बासिन्दाको सेयर ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीका लागि वितरण गरेको १४ हजार ७२६ कित्ता सेयर रहेको छ ।

जलविद्युत कम्पनीहरुमा आईपीओ बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीले सेयर बिक्री गर्न पाउँदैनन् । कानुनी व्यवस्था बमोजिम नै उक्त सेयर बिक्री नगरी लकइनमा राख्नुपर्ने हुन्छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ २०७८ साउन २६ गते बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।