कामना सेवा विकास बैंकको सेयरधनीलाई अनुरोधः पाँच वर्ष पुरानो लाभांश बुझिलिनु

0
Shares

कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ ।

कम्पनीले २०७६ साल असार १४ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई आगामी एक महिनाभित्र बुझ्न आग्रह गरेको हो ।

कम्पनीले उक्त वर्ष १.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पाँच वर्ष पुरानो नगद लाभांश कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले समयमै बुझ्न कम्पनीले भनेको हो ।

सम्बन्धित सेयरधनीहरूले तोकिएको अवधिभित्र आफ्नो लाभांश बुझ्न कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क राख्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।