नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतीय नागरिक जस्तै चीन, बंगलादेश, श्रीलंकालगायत देशका नागरिकले पनि नेपालमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन लागिएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीतिबारेको छलफल कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले चीनको अलिपे, श्रीलंकाको लंकापे लगायतसँग अन्तरदेशीय कारोबारका लागि सेवा प्रदायकसँग द्विदेशीय सम्झौता गर्ने तयारी गरेको बताएका हुन् । ती देशहरुसँग अन्तरदेशीय भुक्तानी कारोबारका लागि सम्झौता गर्ने तयारी अन्तिम चरणमा छ । निकट भविष्यमै सम्झौता हुन्छ,’ उनले भने । यसका लागि नेपाली कम्पनीहरुलाई अनुमति दिइसकेको र नेपाली कम्पनीले आवश्यक तयारी पूरा गरेपछि भुक्तानी गर्ने बाटो खुल्ने गभर्नर अधिकारीले बताए ।
यस व्यवस्थाले पर्यटकलाई नेपाल आउँदा नगद बोक्नु नपर्ने र उनीहरुले क्यूआर कोड भुक्तानी गर्न सक्नेछन् । हाल भारतसँग अन्तरदेशिय विद्युतीय भुक्तानी सम्बन्धमा सम्झौतासँग कारोबार पनि सुरु भएको छ । अब भारतसँगको जस्तै सम्झौता अरु राष्ट्रहरुसँग पनि हुन लागेको उनले जानकारी दिए । यसले विद्युतीय भुक्तानीमा ठूलो फड्को मार्ने उनको दाबी छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया