सपोर्ट लघुवित्तको बोनस सेयर वितरण

0
Shares

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको १३ प्रतिशत बोनस वितरण गरेको छ ।  लघुवित्तको २०८० चैत १७ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस सेयर २०८० पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

साथै पुस १५ गतेसम्म सेयर धितो बन्धक राखेर कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।