सेयर बजार परिसूचक मापक नेप्से यो साता ४.०१ प्रतिशतले बढेको छ । गत बिहीबार २११९.७० अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज मापक परिसूचक नेप्से यो साता ८४.९१ अंकले बढेर २२०४.६१ बिन्दुमा पुगेको छ ।
नेप्से बढेसँगै यो साता कारोबार रकम पनि २७.१८ प्रतिशतले बढेको छ । गत साता २२ अर्ब ७५ करोड रुपैयाँको धितोपत्र खरिद बिक्री भएकोमा यो साता २९ अर्ब पुगेको हो । नेप्सेका अनुसार यो साता धितोपत्र बजारमा ७ करोड १६ लाख ८५ हजार ५३० कित्ता सेयर २८ अर्ब ९३ करोड ३५ लाख ८ हजार रुपैयाँमा कारोबार भएको छ ।
पाँचौ कारोबार दिनमा सोमबार बाहेक चार दिन बजार बढ्यो । आइतबार १५.४७ अंक, मंगलबार १५.७९, बुधबार २३.२५ र बिहीबार २९.२१ अंकले बजार बढेको हो । सोमबार भने नेप्से ४.६२ अंकले घटेको थियो । समग्रमा यो साता पुँजी बजार पुँजीकरण ४.१० प्रतिशतले बढेर ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख रुपैयाँ पुगेको छ । गत साता ३३ खर्ब ६२ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो । एक सातामा लगानीकर्ताको सम्पत्ति मापक सूचक १ खर्ब ३३ अर्ब ६८ करोड ६३ लाख रुपैयाँले बढेको हो ।
कारोबारमा आएका १३ मध्ये २ ओटा उपसमुहगत सूचक घटेको छ भने ११ ओटा बढेको छ । यो साताको बजारमा लघुवित्त सर्वाधिक ६.६० प्रतिशतले बढेर ४८४७.२४ अंकमा पुगेको छ । यसैगरी बैंकिङ्ग ५.३४ प्रतिशत र जीवन बीमाको सूचक ५.०६ प्रतिशतले बढेको छ ।
यसैगरी निर्जीवन बीमा ३.८० प्रतिशत, अन्य ४.४५ प्रतिशत, होटल तथा पर्यटनमुलक ३.२७ प्रतिशत, उत्पादन तथा प्रशोधनमुलक १.१५ प्रतिशत, विकास बैंक १.७५ प्रतिशत, जलविद्युत २.६६ प्रतिशत, लगानी ३.११ प्रतिशत, म्युचुअल फन्ड ३.२४ प्रतिशतले बढेको छ । यो साता ब्यापार ३.६५ प्रतिशत र फाइनान्स ०.५३ प्रतिशतले घटेको छ ।
यो साता एनआरएन इन्फ्रास्टक्चर सबैभन्दा धेरै ९३ करोड ३८ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी जानकी फाइनान्सको ६४ करोड १२ लाख ३९ हजार रुपैयाँ, सिईडिबी हाइड्रोपावरको ५७ करोड ५३ लाख ७० हजार, हिमालयन रि इन्स्योरेन्सको ५१ करोड १५ लाख, हाथवे इन्भेष्टमेन्टको ४४ करोड ५६ लाख, नेपाल फाइनान्सको ३८ करोड ४३ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सको ३६ करोड ५३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३६ करोड १ लाख, गुडविल फाइनान्सको ३४ करोड ४४ लाख रुपैयाँ र माउन्टेन इनर्जी लिमिटेडको ३३ करोड १३ लाख रुपैयाँको रुपैयाँको सेयर किनबेच भएको छ ।
यी हुन् सर्वाधिक कमाउने कम्पनी
यो साताको सेयर बजारमा गणपति लघुवित्तका सेयरधनीले सर्वाधिक २१.०७ प्रतिशतले बढेर २ हजार रुपैयाँ २० पैसा पुगेको छ । यस्तै माण्डू हाइड्रोपावरको १७.७५ प्रतिशतले बढेर १२३४ रुपैयाँ, बलेफी हाइड्रोपावरको १७.०८ प्रतिशतले बढेर ४२१.५० रुपैयाँ, जानकी फाइनान्सको १६.२९ प्रतिशत ७५५.८० रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्सको १५.५७ प्रतिशतले बढेर १९२०.८० रुपैयाँमा पुगेको छ ।
सानिमा डिबेञ्चर २०८५ को सेयर मूल्य १४.२४ प्रतिशतले बढेर १२५६.६० रुपैयाँ, ११% केबिएल डिबेञ्चर २०८९ को १४.२४ प्रतिशतले बढेर १२६७.८० रुपैयाँ, एनआईबिएल स्टेबल फन्डको १३.६४ प्रतिशतले बढेर ९.५० रुपैयाँ, धौलागिरी लघुवित्तको १४१५ रुपैयाँ र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १२.२२ प्रतिशतले बढेर ५७४ रुपैयाँ पुगेको छ ।
यो साताको बजारबाट मैलुङ्ग खोला जलविद्युतको २०.१४ प्रतिशतले ५८७ रुपैयाँ पुगेको छ । यसैगरी गुडबिल फाइनान्सको ७.०७ प्रतिशतले घटेर ६३० रुपैयाँ पुगेको छ । यस्तै नेपाल फाइनान्सको ५.३० प्रतिशतले घटेको ८३६.२० रुपैयाँ, अपर सोलु हाइड्रोइलेक्ट्रिक ४.८५ प्रतिशतले घटेर ४६३.४० रुपैयाँ पुगेको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेसनको ४ प्रतिशतले ४८२५ रुपैयाँ, आँखुखोला हाइड्रोपावरको ३.८२ प्रतिशतले घटेर २१९ रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट लिमिटेडको ३.६५ प्रतिशतले घटेर ५८२.९० रुपैयाँमा झरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया