महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् । प्रचण्ड सरकार ढलेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै उनले राजीनामा दिएका हुन् ।
पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएको र उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा पोखरेल २०७९ पुस १३ गते उनलाई महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए ।
डा. पोखरेल प्यूठानको झिमरुक गाउँपालिका–४ निवासी हुन् । महान्यायाधिवक्तालाई सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा लिइन्छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया