अमेरिकी राजदुत डीन आर थम्सनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् ।
राजदुत डीन आर थम्सनले शुक्रबार सिंहदरबारस्थित परराष्ट्र तथा गृह मन्त्रालय पुगेर दुबै मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगको भेटमा नेपाल अमेरिका सम्बन्ध र विकासमा सहयोगको विषयमा छलफल केन्द्रित भएको मन्त्रालयले जनाएको छ । उनीहरूबीच नेपाल अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्ताका क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएको गृह मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया