कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा

0
Shares

कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का चार मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आज उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारमा महेन्द्र केसी आर्थिक मामिला तथा योजना, वीरबहादुर शाही सामाजिक विकास, दुर्गबहादुर रावत उद्योग, वन तथा वातावरणमन्त्री र रनसिंह परियार जलस्रोत तथा ऊर्जा विकासमन्त्री थिए ।

परिवर्तित राष्ट्रिय राजनीति र समीकरण फेरबदल भएकाले प्रदेश सरकारका कामकारबाहीमा सहयोग पु¥याउन राजीनामा दिएको मन्त्री केसीले बताए ।

चारै जना मन्त्री यही वैशाख १८ गते नियुक्त भएका थिए । मन्त्रीहरूको राजीनामासँगै माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मन्त्रीहरूले आजै पत्रकार भेटघाट कार्यक्रम गरी दुई महिनामा आफूहरूले गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।