एनआईसी एशिया लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा शर्मा जोशी नियुक्त

Archana Neupane
0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी (सिइओ) मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् ।

२०७७ साल कात्तिक ४ गतेदेखि एनआईसी एशिया बैंकबाट खटाई सिइओको जिम्मेवारी पुरा गर्दै आएका लक्ष्मण चालिसेलाई उक्त बैंकको निर्णय अनुसार फिर्ता बोलाइएकाले जोशीलाई जिम्मेवारी दिइएको हो ।

साउन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउन ७ गतेदेखि लागू हुने गरी जोशीलाई आगामी चार वर्षे कार्यकालका लागि सिइओमा नियुक्त गरिएको जानकारी कम्पनीले दिएको छ ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शर्मा जोशीले लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव छ । उनले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनको दूरदर्शी नेतृत्व तथा कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।