लीलादेवी गड्तौला मुख्यसचिव नियुक्त

0
Shares

सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

यससँगै गडतौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । उनलाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो ।

त्यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको थियो ।

गड्तौला भदौ १५ गतेसम्म मुख्यसचिव रहनेछन् । उनी उमेरहदका कारण अवकाश लिँदैछिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।