राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै कृषि, साना, घरेलु तथा मझौला उद्योगमा कर्जा विस्तार गर्न प्रोत्साहन गरेको छ ।
‘कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर २ करोड ५० लाख रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।
गत माघ २९ गते १ करोड रुपैयाँको सीमा रहेको रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा कृषि, साना, घरेलु तथा मझौला उद्योगका लागि बढाएर २ करोड रुपैयाँ पुर्याएको थियो । हाल यी क्षेत्रमा प्रवाह भएको कर्जाको सीमा बढाएर साढे २ करोड कायम गरेको हो ।
रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना हुने कर्जाको जोखिम भार ७५ प्रतिशतमात्रै हुने भएकाले यी क्षेत्रमा कर्जा विस्तार गर्न बैंकहरु आकर्षित हुनेछन् ।
प्रतिक्रिया