कञ्चनपुर होटल व्यवसायी सङ्घको अध्यक्षमा रामचन्द्र रेग्मी चयन हुनुभएको छ । सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १६ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्ष चयन भएपछि रेग्मीले होटल व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले होटल व्यवसायलाई आगामी दिनमा मर्यादित पेसाका रुपमा अगाडि बढाउन उत्सुक रहेको बताए ।
अधिवेशनबाट सङ्घको प्रशासन उपाध्यक्षमा आत्माराम खनाल, पर्यटन उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा नवराज जोशी, सचिवमा डम्बरबहादुर खडका, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धनबहादुर रावत, गौरव भट्ट, सञ्जयकुमार भट्ट, रमेशबहादुर रावल, तपेन्द्रकुमार रोकाया चयन भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया