सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन खुल्ने भएको छ । साबिक सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन समाप्त हुने भएको हो ।
धितोपत्र बोर्डको २०८० मंसिर २५ गतेको पत्राचार अनुसार कम्पनीले लकइन समाप्त हुने मिति सार्वजनिक गरेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नेपाल धितोपत्र बोर्डमा कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर दर्ता छ ।
कम्पनीका अनुसार साविक सानिमा लाइफ इन्स्योरेन्स लिमिटडको संस्थापक सेयरधनीहरुको १ करोड ४० लाख कित्ता तथा कर्मचारीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता सेयरको लक इन अवधि २०८१ साउन २९ गते मंगलबार समाप्त हुने भएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया