धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५.२९ अङ्कले ओरालो लागेर २७५५ दशमलव ६२ अंकमा सीमित भएको हो ।
ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२९ अङ्कले ओरालो लागेर ४९२ दशमलव ७५ अंकमा सीमित भएको छ । कूल पाँच करोड १३ लाख २१ हजार छ सय २९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँ मूल्यमा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्य ओरालो लागेको छभने छ उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ ।
नेप्सेका अनुसार पाँच कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा एचआइडिसिएल, नेपाल हाइड्रो डेभलपर, शुभम् पावर, सिटी होटल र कुर्थली बुखारी स्मल हाइड्रोपावर छन् ।
यस्तै, पिपल्स हाइड्रोपावर ९.१३, प्रभु बैङ्कको ऋणपत्र ८.६५, रसुवागढी हाइड्रोपावर ७.०९, अप्पर सोलु हाइड्रोपावर ६.७० र मन्दकानिकी हाइड्रोपावरका लगानीकर्ताले ६.५५ प्रतिशतले गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया