नबिल बैंकमा आईएफआइसी बैंकको नाममा रहेको सेयर बिक्री प्रक्रिया स्थगित भएको छ। नबिल बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले संस्थापक सेयर खरिद बिक्री स्थगित भएको विषय नियामकलाई जानकारी गराएको छ । तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकमा कायम सेयर नबेच्ने भएको हो । नबिल बैंकले एनबी बैंक प्राप्ति गरेपछि आईएफआईसीले…