नेपाल राष्ट्र बैंकको अल्पकालिन ब्याजदर बढाउने प्रयास असफल भएको छ । केन्द्रीय बैंकले अन्तर बैंक दर बढाउन बिहीबार ५० अर्ब तरलता खिच्दा पनि निक्षेप संकलनको ब्याजदर झनै घटेको हो । आर्थिक गतिविधिमा आएको सुस्तताले बैंक तथा वित्तीय संस्थामा कर्जाको माग कम छ । रेमिट्यान्स आप्रबाहमा आएको सुधारले वित्तीय प्राणलीमा निक्षेप बढेको अवस्था छ भने कर्जा…