चालु आर्थिक वर्ष २०८०–८१ को आठ महीना अर्थात फागुन मसान्तसम्ममा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त १७ वित्त (फाइनान्स) कम्पनीमध्ये ५ फाइनान्स कम्पनीले नोक्सानी ब्यहोर्दा १२ ओटा नाफामा रहेका छन् । अर्थतन्त्रमा आएको सुस्तताका कारण नयाँ कर्जाको मागमा आएको कमी र प्रवाहित ऋण समयमा नै असुली हुन नसक्दा प्रोभिजनका कारण वित्त कम्पनीहरुको मुनाफामा असर देखिएको हो…