नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता खिचेर अन्तर बैंक दर बढाउन दैनिक जसो निक्षेप संकलन उपकरण प्रयोग गरेको छ । केन्द्रीय बैंकले मंगलबार देखि बिहीबारसम्म निरन्तर निक्षेप संकलन उपकरण जारी गरेको हो । वित्तीय प्रणालीमा अधिक तरलता भई अन्तर बैंक ब्याजदर ब्याजदर करिडोरको तल्लो सीमा भन्दा तल आएको खण्डमा निक्षेप संकलन उपकरण प्रयोग गर्छ ।…