माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थाबाट लगानीकर्तालाई प्रतिफल वितरण गर्न नसक्ने भएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विबरण अनुसार जोखिम वापतको व्यवस्थाका लागि ५२ करोडभन्दा बढी रकम प्रोभिजन गरेसँगै वितरणयोग्य मुनाफा ऋणात्मक भएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद…