सर्वसाधरणलाई मिटर ब्याजमा ऋण दिएर पाँच गुणासम्म ब्याज असुल्ने सर्लाहीका ‘मिटरब्याजी’ ‘परदेशी’ भनिने श्यामकृष्ण साहलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । मिटर ब्याज पीडित स्थानीयको जाहेरीको आधारमा साहलाई घरबाटै पक्राउ गरिएको दुई नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । प्रहरीका अनुसार शाहले दुई सय जना बढी स्थानीयलाई मिटर ब्याजमा…