नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १०.५५ प्रतिशत लाभांश पारित गरेको छ। बैंकको शुक्रबार सम्पन्न सभामा चुक्ता पुँजीमा ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो।भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको सभाले बैंकको आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वार्षिक आर्थिक विवरण (असार…