स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् । शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका हुन् । यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै आएको छ ।…