ग्लोबल आइएमई बैंकको विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बैंकको मंगलबार सम्पन्न विषेश साधासणसभाले हागवे फाइनान्सलाई प्रति कित्ता ४२ रुपैयाँका दरले खरिद गर्ने प्रस्ताव पारित गरेको हो । विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति…