सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३.७१ प्रतिशत बिन्दुले घटाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको कार्तिक ३ गते शुक्रबार बसेको ३३० औं बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट चुक्ता पुँजीको कुल ५.२६ प्रतिशत (१७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँ) बराबरको लाभांश वितरण गर्ने…