सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइयो । बाँकी ६ अर्ब ५५ करोड ४० लाख भने कोष मातहतका विभिन्न निकायमा लगानी रहेको विवरण प्रस्तुत गरियो ।…