बाग्मती प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड कम राजश्व सङ्कलन

बाग्मती प्रदेशमा गत आर्थिक वर्ष २०७९\८० मा राजश्व असुलीमा कमी आएको छ । गत आवमा प्रदेशमा लक्ष्यभन्दा नौ अर्ब ४३ करोड रुपैयाँ कम राजश्व सङ्कलन भएको छ । बाग्मती प्रदेश लेखा नियन्त्रक कार्यालय, हेटौँडाका कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारले गत आवभन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारले आव २०७९\८०…