आन्तरिक राजस्व विभागको महानिर्देशकमा विनोद कुँबर आएका छन् । कर्मचारी वृत्तमा राम्रो छवी बनाएका कुँबरलाई राजस्व प्रशासनको शक्तिशाली विभागको जिम्मेवारी दिइएको हो । यस अघि कुँबर प्रधानमन्त्री कार्यालयमा थिए । वरिष्ठ सहसचिवहरूलाई प्रदेश मन्त्रालयको सचिवमा खटाउने भनी सरकारले निर्णय गरे पछि विभागका महानिर्देशक विष्णुप्रसाद नेपाल कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएका…