माथिल्लो तामाकोशी तेस्रो पूर्ण क्षमता (६५० मेगावाट)को बनाउन सरकार प्रतिबद्ध

सरकारले दोलखामा निर्माण हुने तामाकोशी तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता घटाएर कम क्षमतामा उत्पादन गर्न लागेको भन्दै स्थानीयस्तरमा चर्को विरोध भइरहेको बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले क्षमताअनुसार नै निर्माण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । जिल्ला समन्वय समिति दोलखाको तेस्रो जिल्लासभामा भाग लिन दोलखा आउनुभएका मन्त्री विष्टले सरकारले प्राकृतिक स्रोत…