सुनको भाउ तोलामा ८ सय बढेर ७३ हजार ४ सय रुपैयाँ पुग्यो

नेपाली बजारमा सुन भाउ प्रतितोला ७३ हजार चार सय रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ । बिहीबार सुनको भाउ एकैपटक प्रतितोला ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको भाउ स्थिर थियो…