नेपाल बैंकर्स संघले प्रक्रिया पुरा गरेका वाणिज्य बैंकहरुलाई तत्काल शेयर ब्रोकरेजको लाइसेन्स प्रदान गर्न माग गरेको छ। संघको बुधबार बसेको बैठकले नेपाल स्टक एक्सचेन्जमा सहायक कम्पनी स्थापनागरी प्रकृया पुर्याएर निवेदन दिएका बैंकहरुलाई लाइसेन्स दिन माग गर्ने निर्णय गरेको हो। बैकर्स संघले बैंकहरुले सबै प्रकृया पुरा गरी लाइसेन्स लिन आवेदन समेत दिएको अवस्थामा नेप्सेले आवेदन प्रक्रिया…