निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले अन्तरराष्ट्रिय क्षेत्रमा चार्टर्ड उडान शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै कम्पनीले भारतको वनारसमा आज परीक्षण उडान (प्रभिङ फ्लाइट) गरेको एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले राससलाई जानकारी दिए । उनका अनुसार ५० सिट क्षमताको सिआरजे २०० र ७० सिट क्षमताको सिआरजे ७०० जहाजबाट बनारस…