नेपाल धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय मापदण्डको ‘डिजास्टर रिकोभरी’ संयन्त्र स्थापना गर्ने भएको छ । बोर्डले धितोपत्र बजारलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउनका लागि बोर्डको सूचना प्रविधि नीति, २०७६ साउन एक गतेदेखि लागू गरेको थियो । बोर्डले सूचना प्रविधिको उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन सो नीति ल्याएको जनाएको छ । बजार कारोबार, राफसाफ…