नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेपछिको शेयर बजार चौध अंक बढीले ओरालो लागेको छ । मौद्रिक नीतिमा शेयर बजारलाई प्रत्यक्ष रुपमा असर गर्ने बिषय नभएपनि लगानीकर्ताहरु भने बजारप्रति आशावादी देखिएनन् । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै २०७७ असार मसान्त सम्ममा सबै बाणिज्य बैंकले आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी…