चालु आर्थिक वर्षको बजेटमा सांसद्हरूलाई निर्वाचन क्षेत्र विकास कोष भनेर रकम विनियोजन नगरेको गण्डकी प्रदेशले आगामी वर्षका लागि भने उक्त शीर्षकमा एकमुष्ठ ७२ करोड रुपैयाँ विनियोजन गरेको छ। यस्तै प्रदेश नम्बर १ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि २.५ करोड रुपैयाँ दिने घोषणा गरेको छ। प्रदेश नम्बर २ ले पनि आफ्नो…