वर्ल्ड बुद्धिष्ट पार्क र ५५० मेगावाटको सोलार पावर निर्माण गर्न अनुमति, निर्णय समयमै कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

सरकारले लुम्बिनीमा ‘वर्ल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि अध्ययन गर्ने अनुमति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आईतबार सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले सो पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको हो। बुद्धको जन्मस्थल लुम्बिनीमा ‘वर्ल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि स्वीकृति प्रदान गरिएको बोर्डका उप सचिव राजिव गुरागाँइले जानकारी दिए। बोर्डले…