तनहुँ जलविद्युत् आयोजना निर्माण सुरु भएको पाँच वर्षमा ५० प्रतिशत काम सकियो

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो । पुस मसान्तसम्म आयोजनाको आधा काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले राससलाई जानकारी दिए । सोही अवधिसम्म ४६.३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ…