एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा प्रगति देखिएको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकहरुमा राम्रो प्रगति देखिएको बताएका छन । मोरङ व्यापार संघद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३) को उद्घाटन समारोहलाई आज बिराटनगरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्रीले भने, ‘सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको वर्तमान सरकार अर्थतन्त्रका चुनौतीहरु सम्बोधन गर्दै समृद्धिको…