यसरी फेरियो पुम्दीकोटको परिचय

पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको पर्यटकीय क्षेत्रमा मात्र सीमित हुन चाहँदैनन्। उनीहरूको रोजाइ बन्ने गरेको छ, नजिकैका गाउँ अनि डाँडापाखाहरू। एकै मेसोमा फेवाताल, हिमशृङ्खला अनि पोखरा बजार हेर्नका लागि पोखरा नजिक धेरै डाँडा र थुम्का छन्। यसका लागि केही वर्षअघिसम्म शान्ति स्तुपा अनि सरांकोट धेरैको रोजाइ थियो। तर, पछिल्लो समय पोखरा महानगरपालिका-२२…