कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका रोहित चन्द विदेश जाने तयारीमा थिए। त्यस्तै उनका भाइ शाहिल चन्द पनि कक्षा १२ उतीर्ण गरेपछि क्यानडा जाँदै थिए । लामो प्रक्रियापछि भाइको क्यानडा जाने निधो भयो । जब भाइको बिदाइका लागि रोहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे त्यहाँको दृश्यले उनको मन चुँडियो । “विदेश जानेहरूको ठूलो जमात थियो, रुँदै आफ्ना आफन्तलाई…