नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाको विकास एवम् पहुँच विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बीमा मार्फत जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न…