दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता, स्टल बुकिङ खुला

'दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०' असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी…