एक पटक मर्जर सम्झौता गरी प्रकृयाबाट बाहिरिएको किसान माइक्रोफाइनान्स फेरि अरु लघुवित्तसँग मर्जरमा जाने भएको छ । कैलालीको किसान माइक्रोफाइनान्स, धनगढीको एनआरएन लघुवित्त र काभ्रेपलाञ्चोक भकुण्डेबेशींको दिब्य लघुवित्त एक आपसमा मर्जरमा जाने सम्बन्धमा सम्झौता गरेका छन्। माघ १ गते बुधबार भएको मर्जर सम्झौतामा किसान माइक्रोफाइनान्स तर्फबाट सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, एनआरएन लघुवित्तका तर्फबाट मर्जर…