अर्थतन्त्र चलायमान बनाउने माध्यम भनेको पर्यटनः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा सरकार तथा निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्ने बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुग्न कठिन नहुने भन्दै उनले पर्यटकीय पूर्वाधारका साथै सेवा स्तरीकरणलाई ध्यान दिनुपर्नेमा जोड दिए । विश्वचर्चित एक्सेलट्रिप ग्लोबलको नेपालमा सेवा शुभारम्भ…