शेयर बजारमा थप दुई ‘म्युचुअल फण्ड’ आउँदै

शेयर बजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड) अन्तर्गत थप दुई बैंकले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैंकले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैंकले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो…