नेपाल स्टक एक्सचेञ्जमा यस साता दुई कम्पनीको शेयर सूचीकरण भएको छ। स्टकका अनुसार फरवार्ड कम्युनिटी लघुवित्तले बोनस र उन्नति माइक्रोफाइनान्सले हकप्रद सूचीकरण गराएका हुन्। फरवार्ड कम्युनिटी लघुवित्तले गत आवको नाफाबाट वितरण गरेको ७ लाख ७५ हजार ६३ कित्ता बोनस शेयर सूचीकरण भएको हो। लघुवित्तको २०७५ पुस २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको…