सेयर बजारमा सूचीकृत वाणिज्य बैंकहरुको सेयरमा पछिल्लो समयमा लगानीकर्ताको आकर्षण घट्दै गएको देखिएको छ । पुँजी बजारको नेतृत्वदायी क्षेत्र बैकिङमा लगानीकर्ताको आकर्षण नहुँदा समग्र बजार नै खुम्चिँदै गएको छ । पुँजी बजारको क्षेत्रमा सबैभन्दा धेरै सेयर हिस्सा ओगट्नेमा बैंक तथा वित्तीय संस्था रहेका छन् । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था…